२९ आश्विन २०८३, बिहिबार

यौनकाण्डमा पक्राउ परेका मदन राई राष्ट्रिय स्वतन्त्र पार्टीका विज्ञ

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । ७५ वर्षको उमेरमा पनि बैंस पलाएपछि पक्राउ परेका कृषि विज्ञ मदन राई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको खुलेको छ ।

शुभद्रा मदन फाउण्डेशनका संस्थापक राईलाई राष्ट्रिय स्वतन्त्र पार्टीले कृषि विज्ञका रुपमा चिनाउँदै आएको थियो । २०७९ भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुल्लामञ्चमा आयोजना गरेको कार्यक्रममा राई अतिथि वक्ताका रुपमा सभापति लामिछानेसँगै बसेका थिए ।

७५ वर्षीय राई बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् । उनले संस्थापना गरेको शुभद्रा मदन फाउण्डेशनले खोटाङमा जनजागृति उच्च माध्यमिक विद्यालयको व्यवस्थापन र अध्ययनको जिम्मा लिएको छ । त्यहाँ गरिब र आर्थिक अबस्था कमजोर भएका विद्यार्थीलाई नि:शुल्क पढाउने गरिएको छ ।

तर, गरिबी र असहायको फाइदा उठाउँदै राईले बालिका र किशोरीहरूका संवेदनशील अंगमा हात हाल्ने, शारीरिक सम्पर्कका लागि आग्रह गर्ने, आफ्ना गोप्य अंगमा छुन लगाउने, नग्न शरीर देखाएर अश्लील हर्कत गर्दै आएका थिए । पक्राउ परेका राईलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

हेर्नुहोस् भिडिओ–