
काठमाडौं, २९ वैशाख । नेकपा एमालेले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ ।
आगामी जेठ १२ र १३ गते काठमाडौंमा सो प्रशिक्षण आयोजना गरिने एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो ।
स्थानीय तहमा बजेट बनाउने बेला भएको छ । बजेट बनाउनुअघि पार्टीका तर्फबाट सल्लाह, सुझाव र निर्देशन दिन प्रशिक्षण कार्यक्रम आयोजना गर्न लागिएको उनको भनाइ छ ।
यस्तै, पार्टीले २०८४ को चुनावमा पहिलो शक्ति बन्नेगरी पार्टी परिचलानका कार्यक्रम पनि घोषणा गर्ने जानकारी उनले दिएका छन् । एमालेलाई पहिलो शक्तिमा रुपान्तरण गर्ने गरि २०८४ को चुनावलाई केन्द्रित गरेर पार्टी परिचालनमा आफूहरूले विशेष जोड दिने रिजालको भनाइ छ ।













प्रतिक्रिया