
काठमाडौं, २९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोप लागेपछि प्रहरीले अनौपचारिक निगरानी गरिरहेका बेला नेपाली काँग्रेसकी नेतृ डा. आरजू देउवा राणा एकाएक भारत हुँदै सिंगापुर पुगेकी छिन् ।
हिजो दिउँसो मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी भएकी उनी स्थलमार्ग हुँदै साँझ भारतको पटना पुगेको र पटनाबाट विमानमा नयाँ दिल्ली हुँदै राति नै सिंगापुर गएको बताइएको छ । आरजु एकाएक विदेश जानुको कारण भने खुलेको छैन् ।
हेटौंडामा हिजो आरजु सहभागी भएको कार्यक्रममा विरोध गर्न खोजेको भन्दै प्रहरीले स्थानीय मकवानपुर जागरण अभियानका संयोजक कृष्णराज कोइरालालाई पक्रेको थियो ।
नक्कली शरणार्थी प्रकरणमा मानव तस्करी गर्नेको सूचीमा नाम मुछिएकाले राणा अस्ति काठमाडौंबाट सिमरा उडेकी थिइन् । त्यसअघि उनले पीडितहरुसँग २ करोड रुपैयाँ बुझेको अडियो नक्कली भएको आरोप लगाउँदै प्रहरीको साइबर ब्युरोमा उजुर गरेकी थिइन् ।
उनी र प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती तथा सांसद मञ्जुमाथि पीडितसँग रकम असुलेको आरोप लागेको छ । मञ्जुले ६ करोड रुपैयाँ बुझेको अडियोमा उल्लेख छ ।
प्रहरीले भने उनीहरूलाई पक्राउ गर्न थप प्रमाण जुटाइरहेको बताएको छ ।













प्रतिक्रिया