२९ आश्विन २०८३, बिहिबार

एकाबिहानै बालुवाटार छिरेका रवि लामिछानले प्रधानमन्त्रीलाई के–के भने ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

आज शुक्रबार बिहानै बालुवाटार पुगेर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

भेटमा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेर सरकारले राम्रो काम गरेको भन्दै प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका छन् । त्यस क्रममा उनले भ्रष्टाचारविरूद्धको लडाइँमा दह्रोसँग खुट्टा टेक्न पनि प्रधानमन्त्रीलाई आग्र गरेका छन् ।

लामिछानेले राम्रो काम गर्दा सरकार ढल्छ कि भनेर चिन्ता नगर्न, प्रहरी प्रशासनलाइृ हस्तक्षेप नगर्न र राष्ट्रिय एजेण्डाका विषयमा हुने शीर्ष नेताहरूको छलफलमा चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि समावेश गर्न सुझाव दिएका छन् ।

साथसाथै लामिछानेले राष्ट्रिय मुद्दामा चौथो दललाई सहभागी नगराइए सशक्त प्रतिवाद गरेर अद्दि बढ्ने चेतावनी पनि दिएका छन् ।

यस्तै, उनले भुटानी शरणार्थी प्रकरणका सबै दोषीलाई कारबाहीको दायरामा ल्याएर निष्कर्षमा पुर्‍याउन पनि जोड दिएका छन् । सकरात्मक कामका लागि रास्वपाले सधैँ सरकारको समर्थन गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्रीमाथि दबाब परेको अनुमान गर्दै उनले त्यसबाट अनुसन्धान प्रभावित भई दोषी उम्किने हुन् कि भन्ने चिन्तामा आफूहरू रहेको सभापति लामिछानेको भनाइ छ ।