
काठमाडौं, २९ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले आफ्नो मोबाइल फर्म्याट गरेको तथ्य खुलेको छ ।
अनुसन्धानको क्रममा खाँणको मोबाइल फर्म्याट भएको पाइएको हो ।
डेटा रिकभरका लागि प्रहरीले खाणको मोबाइल प्रयोगशालामा पठाएको छ । प्रहरीले बुधबार खाँण पक्राउ परेसँगै बरामद गरेको मोबाइलको डेटा अनुसन्धान थालेको थियो । तर, डेटा मिसिङ भएको भेटिएपछि रिकभर गर्ने निष्कर्षमा पुगेको प्रहरीले बताएको छ ।
वैशाख २० गते पक्राउ परेका गृह मन्त्रालयका तात्कालीन सचिव टेकनारायण पाण्डेले तथ्य खुल्ने डरले मोबाइल ‘फर्म्याट’ गराएका थिए । पछि प्रहरीले उनको मोबाइलको ‘डेटा रिकभर’ गरेपछि शरणार्थी प्रकरणमा खाँणको संलग्नता रहेको तथ्य भेटिएको थियो ।
कारोबारका सन्दर्भमा खाँणले पठाएको एसएमएस पाण्डेको मोबाइलमा भेटिनु, तर सोही एसएमएस खाँणको मोबाइलमा नभेटिएपछि प्रहरीले मोबाइल डेटा रिकभर गर्ने प्रक्रिया अघि बढाएको हो ।
डेटा रिकभर भएलगत्तै अुसन्धानले नयाँ मोड लिने प्रहरीको आशा छ ।













प्रतिक्रिया