२९ आश्विन २०८३, बिहिबार

उद्योग वाणिज्य संघले नै दियो व्यवसायीलाई ज्यान मार्ने धम्की

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । व्यावसायिक कारोबारको विषयलाई लिएर उद्योग वाणिज्य संघ सितगंगा अर्घाघाँचीले भक्तपुरका एक व्यवसायीलाई ज्यान मार्ने धम्की दिएको तथ्य सार्वजनिक भएको छ ।

सितगंगता उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको १३ दिने महोत्सवमा प्रयोग भएका सामान र त्यसको भाडाको विषयलाई लिएर संघ र संघका पदाधिकारी तथा स्थानीय होटेल दरबारका सञ्चालक तिलक अधिकारीले चाँगुनारायण पार्टी प्यालेस एण्ड टेन्ट हाउसका सञ्चालक नवीन केसीलाई ज्यान मार्ने धम्की दिएका हुन् ।

सञ्चालक केसीले उद्योग वाणिज्य संघ, सितगंगा–अर्घाखाँचीका पदाधिकारीहरू र होटेल दरबारका सञ्चालक तिलक अधिकारीले आफ्नो सामान कब्जा गरेर आफूमाथि अन्याय गरेको खुलासा गरेका हुन् । उनले न्यायका लागि सरकारसमक्ष हारगुहार समेत गरेका छन् ।

आज बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफूमाथि हुँदै आएको अन्यायको खुलासा गरेका हुन् । पीडित केसीले आफू निकै ठूलो तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै यसमा संलग्न दोषीहरुलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

सितगंगता उद्योग वाणिज्य महासंघले सञ्चालन गरेको १३ दिने महोत्सवमा उनले सामान उपलब्ध गराएका थिए । तर, संघका पदाधिकारी र होटेल सञ्चालकले जबरजस्ती आफूलाई कागज गर्न लगाएको र भाडा समेत नदिएको उनले बताएका छन् । तर, महोसत्वका लागि आफूले संघसँग सम्झौता भने नगरेको स्पष्ट पारेका छन् ।

उनले गौतमबुद्ध एक्युपमेन्ट प्रालिका रामबाबु शाह र उनका छोराहरू प्रितेश तथा रितेश शाह नामबाट सञ्चालित कम्पनीसँग तीन लाख ७५ हजार रुपैयाँ भाडा पाउनेगरी टेण्डका सामान उपलब्ध गराउने सम्झौता गरेको बताएका छन् । तर, सितगंगा उद्योग वाणिज्य संघ ठाडाँ, अर्घाखाँचीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत स्थानीय होटेल व्यवसायीहरुले मिलेर उद्योग वाणिज्य संघको लेटरप्याडमा वैशाख १२ गते रातिको २ बजे होटेल दरबारका सञ्चालक तिलक अधिकारीले होटेलमा भेला गरी आफूलाई गाली गलौच गरी कागज गर्न लगाएको आरोप उनको छ । ‘उनीहरुले मैले कागज नगरे खम्बामा बाँधेर कुटछौं भने । मलाई मार्न पनि पछि पर्दैनौं भनेर घेराबन्दी गरे,’ व्यवसायी केसीले भने ।

केसीले आफू अहिले मानसिक रुपमा तनावमा रहेको सुनाए । उनले भने, ‘म मानसिक तनावमा छु, कारण एकातिर उपलब्ध गराएको सामानाको भाडा नपाउनु । अर्को आफूमाथि आक्रमणको प्रयास हुनु । झण्डै डेड करोड रुपैयाँ बराबारको सामान उद्योग वाणिज्य संघ र होटेल व्यवसायीहरुको मिलेमतोमा कब्जामा राखिएको हुँदा म निकै अन्यायमा परेको छु,’ उनले भने ।

अहिले सामान राख्ने डब्बाको दैनिक १० हजार रुपैयाँ भाडा पनि तिर्नुपरेको उनको गुनासो छ । उनले अहिलेसम्म मैले पाउनुपर्ने भाडा आयोजकबाट नपाएको र उल्टै आफ्नो सामान कब्जामा राखिएको दाबी गरे । ‘मैले त रामबाबु शाह र उनका छोराहरुसँग सम्झौता गरेको हुँ,’ उनले भने ।

उक्त विषयलाई लिएर आफूले स्थानीय प्रहरी निरीकक्षकलाई पनि भनेको सुनाए । तर, त्यहाँबाट कुनै सुनुवाई नभएको उनको गुनासो छ । उनले भने, ‘उहाँले अदालत जानुहोस् भन्नुभयो । क्षतिपूर्तिसहित मेरो सामान फिर्ता पाउँ । म माथि अन्याय गर्नेहरुलाई काबराही होस ।’