२९ आश्विन २०८३, बिहिबार

नक्कली भुटानी शरणार्थी प्रकरणबारे के भन्छन् विद्यार्थी नेताहरू ?

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ वैशाख । विभिन्न दलनिकट विद्यार्थी संगठनका नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनै दबाबबिना निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार संवाद डवलीले काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमा उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरण राष्ट्रबिरुद्धको पनि अपराध भएकाले कुनै दबाबबिना निष्पक्ष छानविन गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणार्थी प्रकरणलाई निष्कर्षमा पुर्‍याउन सहयोग गर्ने भन्दै यसलाई पार्टीसँग जोडेर हेर्न नहुने बताए । उनले यस प्रकरणले विश्वजगतमा नेपालको नाम बदनाम भएकाले राष्ट्रद्रोह गर्नेलाई कारवाही हुनुपर्ने उल्लेख गरे ।

त्यस्तै, अखिल (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले यो प्रकरणलाई सरकारले न्यायिक निष्कर्षमा पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने प्रश्न उठेकाले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताइन् । उनले राम्रो काम गर्नका लागि सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकारलाई कमजोर पार्ने काम गर्न नहुने धारणा व्यक्त गरेकी छिन् ।

यसैगरी नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारको साथमा रहेको भन्दै कुनै दबाब र प्रभावमा नपर्न खबरदारी गरे ।

त्यस्तै अन्य विद्यार्थी संगठनका नेताहरुले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै भेदभाव नगरी संलग्न सबैलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।