सुनसरी, ११ जेठ । सुनसरीमा चरेस तस्करीमा संलग्न एक परिवारलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको महेन्द्रनगर–४ बस्ने सुकदेव धामी, उनकी श्रीमती र छोरालाई नियन्त्रित लागूऔषधसहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।
धामीको घर पछाडी जमिनमा गाडेको अवस्थामा नियन्त्रित लागूऔषध कोरेक्स एकसय मिलिलिटरको ४ सय ५७ बोतल, स्पामो १ सय ५० क्याप्सुल र नाइट्रोजन ट्याव्लेट १ सय ४४ थान प्रहरीले बरामद गरेको थियो ।
प्रहरीका अनुसार धामीले आफ्नी श्रीमतीको पेटीकोटमा लागुऔषध हाल्न लगाएर ओसार पसार गर्दै आएका थिए । सुराकी आधारमा लागुपदार्थ घरमा ल्याएको थाहा पाएपछि प्रहरीले छापा हानेको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया