तनहुँ, ११ जेठ । तनहुँमा एक बाबुले आफ्नै छोरीलाई कुटपिट गरेर हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आफ्नै छोरीलाई कुटपिट गरी मारेको अभियोगमा थप्रेक–१ सेरावेसी बस्ने ३३ बर्षीय राजु तिवारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मानसिक सन्तुलन ठिक नभएका उनले आइतबार राति २ बर्षीया छोरी ऋद्धी तिवारीलाई कुटपिट गर्दा मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया