२९ आश्विन २०८३, बिहिबार

आईएमईमार्फत आएको रेमिट्यान्स आईएमई–पेमा प्राप्त गर्दा १०० रुपैयाँ बोनस पाइने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । ‘आईएमई–पे’ मा आईएमईका केही अन्तर्राष्ट्रिय साझेदारमार्फत रेमिट्यान्स प्राप्त गर्दा अब १०० रुपैयाँ बोनस पाइने भएको छ ।

आईएमई–पेले आईएमई रेमिटसँगको सम्झौताअन्तर्गत ग्राहकलाई सजिलै आफ्नो वालेटमा रेमिट्यान्स प्राप्त गर्न मिल्ने सुविधा प्रदान गर्दै आईरहेको छ । साथै पछिल्लो समयदेखि आईएमई–पेले वालेटमा रेमिट्यान्स दाबी गर्ने ग्राहकलाई ५० रुपैयाँ बोनस दिदै आइरहेको कम्पनीले जनाएको छ ।

यसै क्रममा अब ग्राहकले अमेरिका, युरोप, क्यानाडा, मलेसिया, कतार, युएई, कुवेत र बहराइनलगायत विश्वका जुनसुकै स्थानबाट मनीग्राम, इन्स्ट्यान्ट क्यास, अल अन्सारी एक्सचेन्ज, वर्ल्डवाइड क्यास एक्स्प्रेस र इजी रेमिटबाट पठाइएको रेमिट्यान्सको रकम आईएमई–पेबाट प्राप्त गर्दा ग्राहकले १०० रुपैयाँ बोनस पाउने भएका हुन् ।