
काठमाडौं, २६ वैशाख । नेकपा एमालेका नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै रावलले नक्कली भुटानी शरणार्थी प्रकरण २००७ साल यताकै देश र जनता विरुद्धको सबै भन्दा ठूलो प्रकरण भएको भन्दै मुद्दालाई कमजोर बनाउन खोजे राज्यविरुद्धको गद्दारी ठहरिने बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने धारणा व्उक्त गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मात्रै नभई मानव बेचविखन र राज्यविरुद्धको अपराध भएको उनको भनाइ छ ।
उनले बिगतमा पनि देशमा भएका भ्रष्टाचारका ठूला काण्डहरु दबाउने काम भएको भन्दै अहिले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउने आशंका जनतामा रहेको बताएका छन् । रावलले उक्त प्रकरणमा फरार टोपबहादुर रायमाझीलाई खोज्ने काम राज्यको भएको जिकिर गरे ।
उनले अनुसन्धान गर्ने प्रहरीलाई बल पुग्नेगरी नागरिक लगायत सबैले साथ दिनुपर्नेमा जोड दिएका छन् ।













प्रतिक्रिया