२९ आश्विन २०८३, बिहिबार

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही माग गर्दै विवेकशीलले गर्‍यो प्रदर्शन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका कारण देशको नाम नै वद्नाम भएकाले यसलाई निष्कर्षमा पुर्‍याउँदै संलग्न सबै दोषीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै विवेकशील साझाले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले भीआईपी अपराधीहरुलाई पक्राउ गर, मानव तस्कर र लुटेराहरुलाई कारबाही गर भन्दै व्यानर प्रदर्शन गरेका थिए । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई अन्तर्राष्ट्रिय जगतले समेत हेरिरहेको भन्दै कारवाहीका लागि सरकारले खुट्टा कमाउन नहुने बताइन् ।

त्यस्तै प्रदर्शनमा सहभागीहरुले ‘जसले अरबौँ पैसा पचाउँछ, राज्यले त्यसैलाई बचाउछ ?’, ‘सरकार ठूला माछा पकडी, लगा छिटो हत्कडी’, ‘देशमा अर्थतन्त्र मन्द छ, नेताहरुको भ्रष्टाचार धन्दा छ’ लगायतका प्लेकार्ड देखाएका थिए ।