२९ आश्विन २०८३, बिहिबार

टोपबहादुर रायमाझीले अनुसन्धान प्रक्रियालाई सघाउनुनै उचित हुने एमालेको निष्कर्ष

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेकपा एमालेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझीले कानुनी प्रक्रियालाई सघाउनु नै उचित हुने निष्कर्ष निकालेको छ ।

आसन्न केन्द्रीय कमिटी बैठकको एजेण्डाबारे छलफल गर्न आज सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकमा एमाले कानुन र विधिको शासन मान्ने पार्टी भएकाले अनुसन्धान गर्ने प्रक्रियालाई सघाउनुपर्ने धारणा नेताहरूले व्यक्त गरेका छन् ।