२९ आश्विन २०८३, बिहिबार

जनताको जीवन रुपान्तरणका लागि सार्थक बजेट आओस् : गोकर्ण बिष्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । नेकपा एकालेमा सचिव एवम् प्रतिनिधि सभा सदस्य गोकर्ण बिष्टले आगामी बजेट जनताको जीवन रुपान्तरणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा सचिव बिष्टले बजेटमा आउने संकल्प जनताको जीवनको यथार्थमा रुपान्तरण हुन नसके सार्थकता पाउन नसक्ने बताएका हुन् ।

उनले २४ प्रतिशत भार ओगटेको कृषि क्षेत्रलाई उपेक्षा गर्दा अरबौंको कृषि बस्तु आयात गर्नु परेको धारणा व्यक्त गरे ।

बिष्टले समाजवाद उन्मुख अर्थतन्त्रको प्रतिवद्धतालाई पूरा गर्नका लागि आगामी बजेट केन्द्रित हुनुपर्नेमा पनि जोड दिएका छन् ।