२९ आश्विन २०८३, बिहिबार

टोपबहादुरको निवासमा प्रहरीको खानतलासी

840
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ वैशाख । प्रहरीले पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको निवासमा खानतलासी गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गरेको हो ।

प्रहरीले पक्राउ पुर्जी जारी गरे पनि फेला पार्न नसकेको प्रहरीले आज उनकोे निवासमा खानतलासी गरेको हो ।

निवासमा खानतलासी गरिए पनि रायमाझी भने भेटिएका छैनन् ।

रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० मा वारेन्ट जारी भएको थियो । सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।

उनलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले ७७ वटै जिल्लामा पत्राचार गरेको छ । यस्तै, उनी भारत भागेको हुनसक्ने प्रहरीको आशंका छ ।

सो प्रकरणमा हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने माओवादीका एक सांसद कांग्रेसका उच्च तहका केही नेता समेत मुछिएका छन् ।

सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, टेकनारायण पाण्डे, इन्द्रजित राई, सन्देश शर्मा, सागर राई र टंककुमार गुरूङ अहिले प्रहरी हिरासतमा छन् ।