
काठमाडौं, २६ वैशाख । वामपन्थी नेता बसन्त गौचनको निधनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दु:ख व्यक्त गरेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता गौचनको आज निधन भएको हो ।
निधनप्रति दु:ख व्यक्त गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपाली कम्युनिष्ट आन्दोलनका पहिलो पुस्ताका नेता, आदरणीय बसन्त गौचनको निधनको खबरले अत्यन्त दुखित छु । दिवंगत नेता गौचनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
स्वर्गीय गौचनको आजै अन्त्यष्टि गरिएको छ ।













प्रतिक्रिया