पर्सा, ११ जेठ । घरमा धुमधाम विहे चलिरहेको थियो । वेहुली तयार भएर ठिक्क परेकी थिईन् । जग्यमा पण्डितले पाठपूजा सुरु गरीसकेका थिए । विवाहको रौनकमा सबै खुसी थिए ।
विवाह कार्य अगाडी बढ्ने क्रममा बेहुलीलाई जग्यमा बोलाइयो । त्यती बेला विवाह भइरहेको घरमा प्रहरी पनि पुग्यो । कसैसँग सोधपुछ नगरी प्रहरीले बेहुलालाई उठाएर लग्यो । विवाहमा आएका सबै अचम्म परे ।
यो घटना पर्साको हो । पर्साको वीरगञ्ज १४ रानीघाटका २३ बर्षिय अनुज गुप्तालाई प्रहरीले विवाह कार्य चलिरहँदा मण्डपबाटै पक्राउ गरेको छ ।
बहुविवाह गर्न लागेको भन्दै जेठी श्रीमतीको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । अनुजले ३ बर्षअघि रौतहटकी मालती चौधरीसँग प्रेम विवाह गरेका थिए । त्यो विवाह अन्तरजातीय थियो । अनुज र मालतीको डेढ बर्षको एक छोरा पनि छ ।
मालतीलाई परिवारले अस्वीरकार गरेपछि सूजनले परिवारलाई खुसी पार्न जेठीलाई वीरगञ्ज डेरामा छाडेर अर्को विवाह गर्न जन्ती लिएर वेहुली घर पुगेका थिए ।
विवाह गर्न लागेको कुरा थाहा पाएर मालतीले प्रहरीमा उजुरी दिएपछि वहुविवाहको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
अनुजले वीरगञ्जबाट चितवन माडीकी युवतिसँग आइतबार विवाह गर्न सम्पूर्ण तयारी गरेका थिए । मालतीले प्रहरीमा उजुरी दिएपछि उनले दोस्रो विवाह गर्न पाएनन् ।















प्रतिक्रिया