५ कार्तिक २०८३, बिहिबार

ज्योतिष भन्छन्-‘हप्ताको बार मिल्दा अनिष्ट हुँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

astrology-jyotisकाठमाडौँ, ११ जेठ । गत वैशाख १२ र २९ गते नेपाल र नेपालीले झेलेको भूकम्पको त्रासदी शनिबार र मङ्गलबार परेकाले हरेक साता शनिबार र मङ्गलबार नजिकिँदा सर्वसाधारणमा मनोवैज्ञानिक त्रास बढेको पाइएको छ ।

दिनरातका पराकम्पका त्राससँगै २९ गते यताका शनिबार र मङ्गलबार मानिसहरू विशेष सचेत भएका छन् तर ती दिनका नाममा फैलाइएका भ्रमका कारण उनीहरूको मनमस्तिष्कबाट नकारात्मक सोचाइ भने हटेको छैन ।

भूकम्प गएका ती दिन (बार) संयोग मात्र भएका उल्लेख गर्दै नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम दिनहरू आफैँमा अनिष्टकारी नहुने प्रस्ट्याउनुहुन्छ ।

ज्योतिषशास्त्रलाई बदनाम गराउन केही तथाकथित ज्योतिषीले शनिबार र मङ्गलबारप्रति गरेका नकारात्मक टिप्पणीका पछि नलाग्न आग्रह गर्दै उहाँले मनोवैज्ञानिक भयबाट मुक्त हुनैपर्छ भन्नुभयो ।

यो वर्ष राजाको स्थानमा शनि ग्रह, मन्त्रीको स्थानमा मङ्गल ग्रह परेका छन् । यी दुई ग्रह एक आपसमा शत्रु ग्रह भएकाले देश र जनताको सुख शान्तिमा भने केही मात्रामा बाधा देखिने उहाँ बताउनुहुन्छ । रासस