३० आश्विन २०८३, शुक्रबार

बुबा–आमाको सम्पत्ति खाने दिदी र दाइविरुद्ध सार्वजनिक रुपमै उत्रिए भाइ र बहिनी

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । बुबा र आमाको सबै सम्पत्ति खाने दिदी र दाइविरुद्ध भाइ र बहिनी सार्वजनिक रुपमै उत्रिएका छन् ।

हाल जापानमा रहेकी दिदी निहारीका लक्ष्मी शाही र नेपालमै रहेका दाइ उत्तमकुमार शाहले सम्पत्ति खाएर बुबा–आमालाई नै हेला गरेको भन्दै बिहिनी अर्चना शाह र भाइ जीवन शाहले आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर निहारीका र उत्तमविरुद्ध उत्रिएका हुन् ।

पत्रकार सम्मेलनमा बुबा र आमाले कमाएको सम्पत्ति हाल जापानमा रहेकी दिदी निहारीका लक्ष्मी शाही र नेपालमै रहेका दाई उत्तमकुमार शाहले खाएको आरोप उनीहरूले लगाएका छन् ।

८४ वर्षीया बुबा शेरबहादुर शाह अल्जाइमर प्यारालाइस रोगबाट पीडित रहेको र ७९ वर्षको आमा पनि अल्जाइमरकै पीडित भएको बताउँदै बिरामी पीडित बुबाको उपचार खर्चसमेत उनीहरुले नदिएको अर्चना र जीवन शाहको आरोप छ ।

बुबा–आमाको सबै सम्पत्ति र घरजग्गा जेठो दाइ उत्तमसँग मिलेर केही वर्षअगाडि निहारीकाले आफ्नो नाममा गरेको बताउँदै आफूहरुले पनि सम्पति पाउनुपर्ने ठाउँमा उल्टै बुबाको उपचार खर्च पनि उनीहरुले नव्यहोरेको अर्चनाले आरोप लगाइन् ।

दिदी र दाजुले आफूहरुलाई आमाको भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा अनेका यातना दिएको उनको आरोप छ । दिदी निहारीका जापानमा लुकेर बसेको अरोप उनले लगाइन् ।

उनले उत्तमकुमार शाहलाई मेरो दाई भनेर सम्बोधन गर्न पनि लाज लाग्ने बताइन् । निहारीका लक्ष्मी शाहीले भाइमार्फत आफूहरुलाई अनेक यातना र मानसिक पीडा दिइरहेको बताइन् ।

यस्तै, भाइ जीवन शाहले आजभन्दा ११ वर्ष पहिला जेठो दाइको डिभोर्स हुँदाखेरि जेठी दिदी मिलेर बुबाआमालाई फकाएर सबै सम्पत्ति जेठी दिदी निहारीको नाममा राख्न लगाएको बताए । बुबाले दिदीलाई सम्पत्ति फिर्ता गर्न आग्रह गर्दा विभिन्न बाहना बनाएर टालटुल गरेको उनको भनाइ छ ।

४/५ वर्षयता बुबा–आमा बिरामी भएको र उनीहरूले कमाएको पैसा यो समयमा आएर आफ्नो स्वास्थ्योपचारमा खर्च गर्न पाउनुपर्ने अर्चना र जीवनको भनाइ छ । त्यसबारे आफ्नी दिदी निहारीकासँग कुरा गर्दा सम्पत्ति फिर्ताको कुनै चासो नलिएको उनीहरूले बताएका छन् ।

बुबाको उपचार गर्न पनि नसकिरहेको बताउँदै उनीहरूले दिदी निहारीकाले मिडियामा आउन बाध्य बनाएको र घरकै इज्जत बिगारेको बताएका छन् । सबै सम्पत्ति एउटै छोरीको नाममा रहेको र सम्पत्ति भएकीले बुबा–आमाको वास्ता नगर्दा १४ वर्षदेखि उपचारमा समस्या भइरहेको उनीहरूको भनाइ छ ।