५ कार्तिक २०८३, बिहिबार

लोकल गाईको संरक्षण गर्दै ‘गौं संरक्षण केन्द्र’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cow

– सन्दिप भट्ट
चितवन, ११ जेठ । लोकल गाईको पहिचान गरी संरक्षणमा तल्लीन गौं संरक्षण केन्द्रमा यतिवेला १ सय ७५ वटा गाई छन् । देवघाट जाने वाटोमा पर्ने वागेश्वरीमा रहेका गाईलाई यतिवेला नियमित रुपमा आहारको लागी समस्या देखीएको छ । गाईलाई संरक्षण गर्ने अभियान स्वरुप ०४९ सालदेखी योगी नरहरीनाथ गौं संरक्षण केन्द्र बागेश्वरीमा गाईलाई संरक्षण गर्न सुरु गरीएको हो ।

ठेट लोकल गाईलाई मात्रै संरक्षण गरी आफ्नो धार्मीक तथा पुरातन परम्परालाई निरन्तरता दिन गाई संरक्षण गरीएको योगी नरहरीनाथ गौं संरक्षण केन्द्र बागेश्वरीका अध्यक्ष टंकनाथ पौडेलले वताए । ‘लोकल गाईलाई संरक्षण गरौैं भन्ने उद्देश्यले संरक्षण केन्द्र स्थापना गर्यौं’ अध्यक्ष पौडेलले भने,–‘ अहिले तिनीहरुलाई के खुवाएर पाल्ने भन्ने समस्या देखीएको छ ।’

लोकल गाईलाई मार्षिक रुपमा ३ ट्रक परालको आवश्यकता भएपनि आर्थीक अभाव र दाताहरु नभएका कारण पराल किन्नका लागी समस्या भएको उनले वताए । हाल एक ट्रक परालको मुल्य ३२ हजार पर्ने भएकाले गाईलाई पर्याप्त पराल खुवाउन नसकिएको उनले वताए ।

‘नेपालमा लोप हुने अवस्थामा रहेका लोकल प्रकारका गाईहरुलाई संरक्ष्ँण गरी पालेका छौं ’ उनले भने,–‘जर्सी गाईको अर्घ पनि चल्दैन, मानिसहरु व्यावसाईक बन्ने क्रममा लोकल गाई पाल्न छाडे । यस्तै अवस्था रह्यो भने लोकल गाई हराउदै जाने भएकाले अहिले हामी गाई संरक्षणमा लागेका हौं ।’

गाई संरक्षणका लागी कोष खडा गरीएको भएपनि कोषमा पर्याप्त पैशा छैन । १ करोड जम्मा गर्ने उदेश्यले सुरु गरीएको कोषमा हालसम्म २१ लाख जम्मा भएको र त्यसैको व्याजले गाईका लागी आवश्यक पराल, चापड, चोकर खरीद गर्ने गरीएको आर्थीक संकलन समितिका उप–संयोजक उमाशंकर अग्रवालले जानकारी दिए ।

हाल गाईको लागी चरण क्षेत्रको रुपमा जलदेवी सामुदायिक वन तथा सतनचुली सामुदायिक वन प्रयोग गर्दै आईरहेका छन् । संघलाई ११ हजार दिनेलाई आजीवन सदस्य वनाईने तथा १ लाख रुपैंया सहयोग गर्नेलाई संरक्षक बनाईने गरीएको संघले जानकारी दियो । हाल चन्दादाता नभएका कारण आर्थीक समस्या देखीएकाले गाई संरक्षणको अभियानमा सहयोग गर्न संघले आग्रह गरेको छ ।