५ कार्तिक २०८३, बिहिबार

नाबालिका बलात्कार गर्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा), ११ जेठ । पर्सा प्रहरीले नाबालिकालाई बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

वीरगन्ज उपमहानगरपालिका–२८ बाट उनलाई पर्सा प्रहरीको टोलीले पक्राउ गरेको हो । गएराति बाराको बडकी फूलबरिया घर भई सोही ठाउँमा बस्दै आएका ४५ वर्षीय मनत मालीलाई पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।

सोही स्थानकी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा उनलाई पक्राउ गरिएको र उनको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताउनुभयो । रासस