
बारा, १८ वैशाख । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) मधेश प्रदेशले १३४औँ अन्तर्राष्ट्रिय दिवस अर्थात् ‘मे डे’ मनाएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यता र जिफन्ट मधेश प्रदेश कमिटीका अध्यक्ष कमलेश झाको सभापतित्वमा विशेष कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुरुषोत्तम पौडेलले मुलुक समृद्ध बनाउन उत्पादनमा जोड दिदै रोजगारी सृजनाको वातावरण बनाउनुपर्ने बताएका छन् । वर्तमान सरकार मजदुरविरोधी रहेको चर्चा गर्दै उनले भ्रष्टाचार बढाएको विचार व्यक्त गरे ।
देशलाई समाजवादको दिशामा लैजान सबै मजदुरको आर्थिक उन्नति हुनु जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा जिफन्ट केन्द्रीय उपाध्यक्ष मञ्जु थापा, एमाले प्रदेश कमिटी सदस्यहरु सुन्दर बिक, देबनारायण चौधरी, मनोज पौडेल, सीता गुरुङलगायत नेताहरूको आतिथ्यता थियो ।
यस्तै, समग्रका अध्यक्ष आनन्द थामी, केन्द्रीय सदस्य गीता भण्डारी, सौन्दर्यकर्मी संघकी सुमित्रा सापकोटालगायतले पनि कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण मुक्ति चौधरी र स्वागत अमर यादवले गरेका थिए ।















प्रतिक्रिया