
मकवानपुर, १८ वैशाख । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शिवराज थिङ आफ्नै घरबाट लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
३९ वर्षीय वडाध्यक्ष थिङसँगै उनका बुबा ७६ वर्षीय भीमबहादुर थिङ र छिमेकी ६७ वर्षीय ईन्द्रबहादुर थिङ पनि क्राउ परेका छन् ।
वडाध्यक्ष थिङको घरबाट ३० वटा पोकाहरुमा २७ किलो र छिमेकी भीमबहादुरको घरबाट १० वटा बोरामा १७५ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
योसँगै प्रहरीले एकैदिन आग्राबाट २०२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।
आज सोमबार बिहान लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका थिङसहित तीनैजनालाई ईलाका प्रहरी कार्यालय पालुङ ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शिवराज २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।















प्रतिक्रिया