२९ आश्विन २०८३, बिहिबार

१९ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ६४ जना डिस्चार्ज, कति छन् आईसीयु र भेन्टिलेटरमा ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ३७५ जनाको स्वाब परीक्षण गर्दा १९ जनामा सङ्क्रण पुष्टि भएको हो ।

अघिल्लो दिन ६० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ६४ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमतिको मृत्यु भएको छैन ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २८३ जना छ । सक्रिय सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।