
काठमाडौं, १७ वैशाख । विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले महावीर पुनको आन्दोलनलाई समर्थन गरेका छन् ।
अन्य देशहरू मङ्गल ग्रह कब्जा गर्ने भनेर लडिरहेको बेलामा रिसर्च र इनोभेसनका लागि यसरी आन्दोलन गर्नुपर्ने अवस्थाका लागि एउटा राजनीतिज्ञ भएको नाताले दुःख लागेको उनले बताएका छन् ।
पुनको आन्दोलनमा सरिक हुँदै उनले सत्तापक्ष र विपक्षका सबै नेता आएर समर्थन गरेको तर नीति बनाउने नियत नदेखेकोमा आफूलाई दुःख लागेको बताए । पाण्डेले पुनसँग मार्फ माग्दै र सरकारलाई व्यङ्ग्य गर्दै भने, ‘एक दुई दिनमा सायद प्रधानमन्त्री नै आन्दोलनमा आएर सरकारसँग आफै माग गर्न बेर छैन ।’
देशको यो अर्थतन्त्रलाई धान्न र अघि बढाउन उद्यमशीलता र त्यसमा पनि प्रवर्तन र आविष्कारलाई प्रोत्साहन नगर्ने हो भने हामी निकै पछि पर्ने बताए । उनले आफू र आफ्नो पार्टीको यो आन्दोलनमा समर्थन रहेको समेत बताए ।















प्रतिक्रिया