२९ आश्विन २०८३, बिहिबार

महाकाली सन्धीलाई एमालेले सच्याएको केपी ओलीको दाबी (भिडिओ)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धीलाई नेकपा एमालेले सच्याएको बताएका छन् ।

अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाकाली सन्धीलाई एमालेले सच्चाएको र त्यो नेपालको हितमा रहेको बताएका हुन् ।

यस्तै, उनले राजतन्त्र स्वार्थी फटाहा वा अज्ञानीहरुले मात्रै मान्ने टिप्पणी गरेका छन् । राजतन्त्रको विगविगी भएको बेला, आन्दोलनहरूलाई छिन्नभिन्न पारिएको बेला फेरि जुटाएर परिवर्तनका लागि योगदान गरिएको उनको भनाइ छ ।

यसैगरी उनले धेरै अघिदेखि नै कम्युनिष्ट फुटाउने काम भएको भन्दै यसतर्फ सबै सचेत रहनुपर्ने बताएका छन् । पार्टीलाई बलियो बनाउनका लागि संगठनलाई समेत बलियो बनाउनुपर्ने धारणा अध्यक्ष ओलीको छ ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

हेर्नुहोस् भिडिओ–