२९ आश्विन २०८३, बिहिबार

ममाथि हमला गर्न खोज्नेहरूलाई राज्यले नै संरक्षण गरेको छ : केपी ओली (भिडिओ)

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमा आफ्नो कार्यक्रम बिथोल्न खोज्नेहरुलाई राज्यले नै संरक्षण गरेको बताएका छन् ।

अखिल नेपाल किसान महासंघको ७३औं स्थापना दिवसका अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा ओलीले आफू सहभागी कार्यक्रम रोक्ने प्रयास सत्ता गठबन्धनकै केही व्यक्ति र कार्यकर्ताबाट भएको बताउँदै उक्त गतिविधि गर्नेलाई राज्यले नै संरक्षण गरिरहेको बताएका हुन् ।

उनले नियोजित रुपमा नै आफ्नो कार्यक्रम बिथोल्ने प्रयास गरेको र उक्त क्रियाकलापमा संलग्न असमाजिक तत्वहरुको मनोबल उच्च देखिएको उल्लेख गरे ।