५ कार्तिक २०८३, बिहिबार

सडक अतिक्रमण गरी बनाइएका घर भत्काइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dojer-2बुटवल, १० जेठ । राष्ट्रिय महत्वको योजनाको रुपमा रहेको रुपन्देहीको बुटवल–बेलहिया व्यापारिक मार्गको निर्माणमा अवरोध गर्ने भौतिक संरचनालाई आज बल प्रयोग गरी हटाइएको छ ।

बुटवल राजमार्ग चौराहादेखि करिब एक किमी क्षेत्रमा त्यस्ता घर आजदेखि भत्काउन सुरु गरिएको बुटवल–बेलहिया व्यापारिक मार्गका इन्जिनियर लीला भण्डारीले जानकारी दिनुभयो । “अहिले साङ्केतिक रुपमा मात्र भत्काएका छौँ, १५ दिनमा घरधनीले आफैँ नभत्काए हामीले नै भत्काउँछौँ– उहाँले भन्नुभयो ।

सडकको ८२ फिट क्षेत्र अतिक्रमण गरी बनाएको भाग खाली गर्न पटक–पटक परियोजनाको कार्यालयले अनुरोध गर्दा पनि अटेर गरेकाले बाध्यभएर डोजर लगाउनु परेको परियोजना कार्यालय बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाका इन्जिनियर भण्डारीले बताउनुभयो । रासस