२९ आश्विन २०८३, बिहिबार

कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु, ५१ जना नयाँ संक्रमित थपिए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट एक हजार २३८ जनाको स्वाब परीक्षण गर्दा ५१ जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २०५ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र एक हजार ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १०३ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित निको भएका छन् भने थप एक जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३६१ जना छ । सक्रिय सङ्क्रमितमध्ये २७ जना आइसोलेसन, ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार ३० जनाको मृत्यु भइसकेको छ ।