२९ आश्विन २०८३, बिहिबार

नेपाल एसीसी कप क्रिकेटको फाइनमा पुग्यो, उपाधिका लागि सोमबार युएईसँग भीड्दै

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलका क्रममा भारी वर्षा भएपछि नेपाल र कुवेतबीचको खेल रद्द भएको छ ।

खेल रद्द भएसँगै नेपाल सोझै फाइनलमा पुगेको छ । खेल नतिजाविहीन बनेपछि नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण खेल रोकिएको थियो । तर त्यसपछि भारी वर्षा हुँदा सुपर ओभर पनि हुन सकेन ।

नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको थियो । निरन्तर वर्षाले प्रभावित खेलमा ८–८ ओभर घटाइएको थियो ।

फाइनलमा पुगेसँगै अब उपाधिका लागि आगामी सोमबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)को सामना गर्दैछ ।

उपाधि जित्ने टोलीले आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

नेपालले उपाधि जित्न सके एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ । फाइनलमा पुगेसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि छनोट भएको छ ।