
काठमाडौं, १६ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतलाई २८२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा ९ विकेटको क्षतिमा २८१ रन बनायो ।
खेलमा कप्तान रोहित पौडेल सर्वाधिक ९४ रन र कुशल मल्लको अर्धशतक बनाए ।
वर्षाले प्रभावित भएका कारण ४२ ओभरमा झारिएको थियो ।
अर्को सेमिफाइनलमा मुलपानीमा ओमान र युएईबीच खेल भइरहेको छ भने प्रतियोगिताको फाइनल आगामी सोमबार कीर्तिपुर मैदानमा हुनेछ।















प्रतिक्रिया