५ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री उद्धार कोषमा नेपाली सेनाको २४ करोड सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army Donates Relief Fund to the PMकाठमाडौं, १० जेठ । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा नेपाली सेनाले सवा २४ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ ।

आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधान सेनापति गौरव शमशेर जबराले रु २४ करोड २६ लाखको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले मुलुकमा ८२ वर्षपछि आएको भयङ्कर ठूलो विपत्तिमा नेपाली सेनाले प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण र भग्नावशेष हटाउन प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति जबराले यस पटकको भूकम्पमा हजारौँ नेपाली सेनाका बहालवाला र भूतपूर्व सैनिकहरुको आवास भवन क्षतिग्रस्त भएको बताउनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले नेपालमा लोकतन्त्रले स्वभाविक रुपमा विकसित हुने मौका नपाएकाले हरेकक्षेत्रमा संस्थागत विकास हुन नसकेको बताउनुभयो । उहाँले संस्थाहरुको क्षमता अभिवृद्धि गरेर यस्ता प्रकोप व्यवस्थापन गर्ने राष्ट्रिय क्षमता बढाउन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । रासस