दमौली, १० जेठ । तनहुँको व्यास–१० स्थित पञ्चमन्दिर नजिकै मादी नदीमा पौडी खेल्न जाँदा नदीले बगाएर आज एक व्यक्ति बेपत्ता भएका छन् । राम्जाकोट–९ का ३५ वर्षीय सूर्यबहादुर रानाभाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विवाहमा जन्ती आएका रानाभाट नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । रासस















प्रतिक्रिया