ललितपुर, १० जेठ । भूकम्पपीडितलाई अस्थायी बासस्थान निर्माणमा सघाउन एकीकृत नेकपा (माओवादी) का नेता गाउँ–गाउँमा सक्रिय भएका छन् ।
भूकम्पपीडितलाई केही राहत महसुस गराउने उद्देश्यअनुरुप पार्टीले आफ्नो दल सम्बद्ध नेता तथा कार्यकर्ताहरुलाई भूकम्पबाट अति प्रभावित जिल्लामा अस्थायी टहरा निर्माणमा खटाएको हो ।
पार्टीका स्थायी कमिटी सदस्य शक्ति बहादुर बस्नेतको नेतृत्वमा करिब ५० जनाको समूह चापागाउँ–८ विष्टगाउँमा भूकम्पले धरापमा पारेका घर भत्काउन कार्र्य तदारुकताका साथ लागेको छ । टहरा निर्माणसँगै भत्केका घरबाट सामान निकाल्न पनि थालिएको छ ।
आज एक दर्जन अस्थायी टहरा निर्माण गरिएका छन् । विष्टगाउँका प्रेमकृष्ण विष्टले स्थानीय साधन स्रोत उपयोग गरेर अस्थायी टहरा निर्माण गरिएका उहाँले बताउनुभयो ।
यसैबीच नेकपा माओवादी (चन्द) समूहले पनि चापागाउँ–६ कोटडाँडाका घर भत्काउन ४० जना स्वयम्सेवक परिचालन गरेको छ । तामाङ राष्ट्रिय मुक्ति मोर्चा ललितपुरका अध्यक्ष बुद्धराज बम्जनले टहरा निर्माणलाई पनि प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो । रासस















प्रतिक्रिया