५ कार्तिक २०८३, बिहिबार

पहिरो आउने क्रम अझै रोकिएन, बरुवालगायतका गाविस जोखिममा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kali-gandaki-3मेलम्ची, १० जेठ । गत वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि निरन्तर आइरहेका पराकम्पबाट सिन्धुपाल्चोक जिल्लाका बरुवा, हेलम्बु, भोताङ, बाह्रबिसे, तातोपानीलगायतका एकदर्जन गाविसका विभिन्न बस्ती पहिरोको उच्च जोखिमा परेका छन् ।

निरन्तर आइरहेको सुख्खा पहिरो र जमिनमा ठूल्ठूला धाँजा फाटेकाले ती बस्तीमा स्थायी रुपले बस्न असुरक्षित मात्र होइन वर्षायाममा पानी परेपछि पहिरो जाने सम्भावना देखिएकाले ती स्थानबाट जतिसक्दो छिटो बस्ती अन्यन्त्र सार्नुपर्ने देखिएको छ ।

बस्नका लागि सुरक्षित बासस्थान नभएपछि स्थानीयवासी चिन्तित बनेका छन् । बरुवाको लार्के, याङ्ग्री, लागाङ घ्याङ, बागाङ घ्याङ, डोङ्ज्याङकाका अहिलेसम्म निरन्तर पहिरो गइरहेको मेलम्ची भीमकाली गुल्मका उपसेनानी हुमनसिंह कुँवरले बताउनुभयो ।

पहिरोको जोखिम भएका ठाउँबाट छिटोभन्दा छिटो बस्ती स्थानान्तरण गर्नुपर्ने बरुवाका स्थानीय निमा शेर्पाले बताउनुभयो ।

बरुवाको लार्के, याङ्ग्री, लागाङ घ्याङ, बागाङ घ्याङ, डोङ्ज्याङबाट अहिलेसम्म १५ जनाभन्दा बढीको हेलिकप्टरबाट स्थानान्तरण गरिएको गुल्मका सेनानी प्रेम हमालले बताउनुभयो । रासस