५ कार्तिक २०८३, बिहिबार

कोरियाबाट मृतक परिवारलाई नगद राहत प्रदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

korea-sahayoge

– शिव ढुंगाना
ओखलढुंगा, १० जेठ । भूकम्पबाट जिल्लाभित्र मृत्यु भएका १९ मृतकका आफन्तलाई कोरियामा रहेका जिल्लाबासीले नगद सहयोग गरेका छन् । ‘ओखलढुंगा समाज सेवा दक्षिण कोरिया’ले प्रति मृतक १३ हजार ५ सय नगद सहयोग गरेका हुन् ।

नगद रकम शनिबार जिल्ला दैवी प्रकोप उद्दार समितिका अध्यक्ष एवम् प्रमूख जिल्ला अधिकारी गणेश भट्टराईले मृतकका आफन्तलाई हस्तान्तरण गनुभयो । कोरियामा श्रम गर्न गएका जिल्लाबासीले आफ्नो खर्च कटौती गरि एकमुष्ट रुपमा सहयोग संकलन गरि पठाएका हुन् । राहत हस्तान्तरण कार्यक्रम नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको व्यवस्थापनमा भएको हो ।

मृतकका आफन्तले विदेशमा रहेर समेत जिल्लामा रहेका पीडितको पीडामा मल्हम लगाएको भन्दै खुशी व्यक्त गरेका छन् । ‘सहयोग सानै भएपनि हामीले ठूलो सम्झेका छौ ।’ मृतकका आफन्त रानीवन ६ का प्रेमबहादुर कार्कीले भन्नुभयो– ‘सम्झेकोमै खुशी छौ“ ।’ कोरियामा रहेको उक्त समितिले यस अघि पनि ‘रेशम फिलिलि’ चलचित्र प्रदर्शन गरि संकलन भएको एक लाख ५० हजार नगद प्रधानमन्त्रीको राहत कोषमा जम्मा गरिसकेका छन् ।

जिल्लाको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको समितिले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले सहयोग संकलन गरि पठाएको कोरियाबाट अध्यक्ष मानसिं गुरुङले बताउनुभयो । सोही कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्य समितिको तर्फबाट काग्रेस सभासद् रामहरि खतिवडाले प्रति मृतक ५ हजारको दरले नगद गरेका छन् ।

सभाषद् सुनुवारको परिवारद्वारा मृतक परिवारलाई नगद

यसैबीच मृतकका परिवारलाई ओखलढुंगाका एमाले सभासद् यज्ञराज सुनुवारले समेत शनिबार नै मृतकका परिवारलाई प्रति मृतक ५ हजारको दरले नगद हस्तान्तरण गर्नुभएको छ । बेलायत बस्दै आएका सभासद् सुनुवारका बुवा मानबहादुर र बहिनी विष्णुमायले उक्त रकम संकलन गरेर पठाउनुभएको हो । शुक्रबार नर्मदेश्वर ८ मा रत्नबहादुर जोगीको मृत्यु भई मृतकको संख्या २० पुगेको छ ।