३ कार्तिक २०८३, मंगलबार

सिरहाको मिर्चैया बजार तनावग्रस्त

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । सिरहाको मिर्चैया बजार तनावग्रस्त बनेको छ ।

स्थानीय र प्रहरीबीच झडप भएपछि बजार तनावग्रस्त बनेको हो । स्थानीयले विभिन्न माग गर्दै नगरपालिका घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको बताइएको छ ।

नगरप्रमुख श्रवणकुमार यादवले मागहरू नसुनेका भन्दै स्थानीयहरू नगरपालिका भित्रै प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको हो ।

स्थानीयले ढुंगामुढा गरेपछि प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ। आक्रोशित स्थानीयले नगरपालिका कार्यालय तोडफोड गरेका छन् ।

झडपमा कम्तीमा २० जना स्थानीय घाइते भएका जानकारी दिइएको छ ।