३० आश्विन २०८३, शुक्रबार

रोड थ्रिलर चलचित्र ‘बाटो’को फर्स्टलुक सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौंं, २ वैशाख । रोड थ्रिलर चलचित्र ‘बाटो’ को फर्स्टलुक सार्वजनिक गरिएको छ ।

निर्माण युुनिटले नयाँ वर्षको अवसर पारेर चलचित्रको एक पोष्टर फर्स्टलुकको रुपमा बाहिर ल्याएको हो । फर्स्टलुकको मोसन पोष्टर समेत तयार गरिएको छ ।

चलचित्रकी एक महिला पात्रलाई केन्द्रमा राखेर तयार गरिएको पोस्टरले चलचित्रप्रति दर्शकको उत्सुकता जगाउन सफल छ । कमर्सियल साउथ स्टाइलिस चलचित्रको झल्को दिने यो चलचित्र काठमाडौं फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

चलचित्रका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायांकार ऋषि भारतको चेन्नइ फिल्म उद्योगमा चर्चित व्यक्तित्व हुन् ।

चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुलक्क्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका देख्न सकिन्छ । चलचित्रका निर्माता चन्दन झा हुन् । निर्माता झा काठमाडौं फिल्मका फाउन्डर समेत हुन् ।

काठमाडौंका विभिन्न स्थानको अलवा उदयपुरको गाइघाटमा छायाँकन भएको चलचित्रको पोस्टप्रोडक्सन मुम्बइमा भइरहेको छ । निर्माण युनिटको चलचित्र बिसं २०८० भित्रमा रिलिज गर्ने योजना बनाएको छ । नेपालीसहित हिन्दी, तेलूगु, मलयालम र अंग्रेजी गरेर पाँच भाषामा चलचित्र तयार हुने निर्माता चन्दन झाले बताए ।

चलचित्रको ट्रेलर छिट्टै ल्याउने तयारी निर्माण युनिटको छ । ट्रेलर नेपाली, हिन्दी र तमिल गरेर तीन भाषामा आउनेछ । डब्बी एटमस साउन्डमा तयार हुने चलचित्र नेपालमा पहिलो हुने निर्माता कम्पनीको दाबी छ ।