५ कार्तिक २०८३, बिहिबार

त्रिपालमा बढी नाफा खाने व्यापारीविरुद्ध मुद्दा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaपथरी (मोरङ), ९ जेठ । बढी मुनाफा राखी त्रिपाल बेचेको आरोपमा पक्राउ परेका दुई व्यापारीबारे कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन–२०३२ अनुसार अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार २५ देखि ७८ प्रतिशत बढी मुनाफा राखी त्रिपाल बेच्ने प्रणामी इन्टरप्राइजेजका जितेन्द्र सेठिया र अम्बिका वस्त्रालयका प्रदीप अग्रवाललाई जिल्ला प्रशासन कार्यालय मोरङको अनुमतिमा पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न निर्देशन दिइएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले बताउनुभयो । रासस