
काठमाडौं, १ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४२४ जनाको स्वाब परीक्षण गर्दा १३६ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र एक हजार २२७ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १०६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै, पछिल्लो २४ घण्टामा ६८ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ४०१ जना छ । सक्रिय सङ्क्रमितमध्ये ३२ जना आइसोलेसन, ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख २ हजार १०७ जना पुगेको छ भने ९ लाख ८९ हजार ६८४ जनाले संक्रमण जितेर निको भएका छन् ।
कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २२ जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया