३० आश्विन २०८३, शुक्रबार

विश्व कीर्तिमानी डा. उपाध्यायलाई दीर्घ साधना सम्मान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । विश्व कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायलाई दीर्घ साधाना सम्मान अर्पण गरिएको छ ।

डा. उपाध्यायलाई निकिला मिडिया नेटवर्क, पब्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा काठमाडौंको होटेल हायात प्यालेसमा गीता एभिएसन ग्यालेक्सी एक्सिलेन्स अवार्डको दोस्रो संस्करणमा नगदसहित दीर्घ साधना सम्मान अर्पण गरिएको हो ।

गीत संगीत तथा विविध विधामा १३२ विश्व रेकर्ड कायम गरेका डा. उपाध्यायका १४ उपन्यास, तीन गीति पुस्तक र १५० भन्दा बढी गीत र भिडियो सार्वजनिक छन् ।

चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी संस्था, सञ्चार, वातावरण, कला तथा संस्कृति, खेलकुदलगायत करिब डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएका ३७ जना उत्कृष्ट व्यक्तित्वहरूलाई सो अवसरमा अवार्ड वितरण गरिएको थियो ।

प्रत्येक वर्ष करिब दुई दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकामा यस वर्ष नेपाल महिला चेम्बरकी अध्यक्ष, नेपाल चेम्बर्स अफ कमर्सकी उपाध्यक्ष तथा साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिएको थियो ।

प्रमुख अतिथी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, विशिष्ठ सङ्गीतकार तथा गायक शम्भुजीत बास्कोटा, वरिष्ठ अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ समाजसेवी डा. सुशीला मल्ल तथा कार्यक्रमका सभापति क्याप्टेन जनक अधिकारीलगायतले श्रेष्ठलाई सम्मान अर्पण गरेका थिए ।