१ मंसिर २०८३, मंगलबार

नेकपा एसका नेता अधिकारीले छाडे पार्टी

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १ वैशाख । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय निर्वाचन आयोग सदस्य मधु अधिकारीले पार्टी परित्यागको घोषणा गरेका छन् ।

राप्रपाबाट समाजवादी प्रवेश गरेको एक वर्ष नबित्दै नेता अधिकारीले समाजवादी परित्याग गरेका हुन् ।

शुक्रबार एक विज्ञप्ति जारी गदै उनले पार्टी सत्ता र स्वार्थमा लिप्त भएको टिप्पणी गरेका छन् । पदको लागी जोसँग मिल्न सक्ने नेताहरूको प्रवृत्तिले मूल्यको राजनीतिक कमजोर हुँदै गएको उनको भनाइ ।

यस्तो छ अधिकारीको विज्ञप्ति:

पुरानो गठबन्धन बिउतिएर नया सरकार गठन पछि राजनीति नया चरणमा प्रवेश गरेको छ। ५ दलिय गठबन्धन छोडेर एमाले सहितको नया गठबन्धन बनाएका प्रचण्ड दुइमहिना पनि उक्त गठबन्धनमा टिक्न सकेनन। राष्ट्रपतिको निर्वाचनले पुरानै गठबन्धनलाई मूर्तरूप दियो भने एमाले राप्रपा जस्ता पार्टी बाहिरिए, यद्यपि यो गठबन्धन पनि लामो समयसम्म जान्छ वा जादैन भन्न सकिदैन,मूलुकको राजनीति झन झन अस्थिर र तरल हुदै गयको देखिन्छ। सत्ता र स्वार्थलाई प्रधान्यता दिदा सिङ्गो राजनीति आदर्श,बिचार र नितीबाट स्खलित हुदैछ।पदको लागी जोसंग मिल्न सक्ने नेताहरूको प्रवृत्तिले मूल्यको राजनीतिक कमजोर हुदैछ। यस पृष्ठभूमि म आफुपनि हिजो लामो समय राप्रपाबाट राजनीति गरे।संगठन निर्माण गर्दा पार्टिमा बिभिन्न खालको उतारचढाव आयो,शंधर्ष र कठिन दिनहरू पार गरे।यो बिचमा पार्टि सुन्य अवस्थामा पुग्यो यस्तो कठिन,असहज र चुनौतीपुर्ण अवस्थामा पनि पार्टीलाइ स्थापित गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ अघि बढे। पार्टीलाई सकेको योगदान दिने कुरामा जहिल्यै अग्रसर भैरहे । पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउन प्रयास गरिरहे । वास्तवमा मेरो ३ दशक लामो राजनीतिक यात्रामा मैले कमाएको सम्पत्ति भनेको ईमान्दारिता, नैतिकता र जनताको स्नेह हो।पछिल्लो कालखण्डमा पार्टीमा मेहनत र योगदान गरेर राप्रपा मकवानपुरको अस्तित्व जोगाउन सफल भई एउटा भुमिका बनाएको व्यक्ति, हामीले निर्माण गरेको संगठन र संरचनाको जगमा टेकेर पार्टीले सफलता पनि आर्जन गर्यो।त्यही क्रममा मेरो आत्मसम्मान ठेस पुर्याएर मलाई पार्टी छोड्न बाध्य बनाएको घटना जगजाहेर छ।तात्कालिक परिस्थितिले उत्पन्न भावावेशपुर्ण निर्णयले मलाई गठबन्धनको एउटा कित्ता मा उभिन बाध्य बनायो,मेरो सैद्धान्तिक,बैचारिक मान्यतालाई मेरो उक्त निर्णय अप्रत्याशित र अस्वाभाविक जस्तो देखियो।म माथि भयको अन्याय र परिस्थितिजन्य घटनाले मेरो राजनीतिक निष्ठा,इमानदारीमा म कतै बिचलित भयको छैन,मेरा निर्णयहरू कति गलत/सहि कुनै दिन निर्मम समिक्षा होला। यस बिच मेरो कारणले कसैको भावनामा चोट पुगेको भए माफि चाहन्छु।आजबाट कुनै राजनीतिक दलमा आबद्ध नभएको जानकारी गराउदछु।मेरो कोहि कसै प्रती कलुषित भावना थियन, छैन र कहिल्यै रहदैन पनि।