
काठमाडौं, ३० चैत । राजसंस्था अन्त्य भइसकेपछि सम्मानित नागरिकको भूमिका रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले राजाकै हैसियतमा नयाँ वर्ष २०८० सालको शुभकामना सन्देश जारी गरेका छन् ।
नयाँ वर्षको शुभकानमा दिन उनले ‘श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवबाट’ भन्दै सन्देश जारी गरेका हुन् ।
सन्देशमार्फत उनले नयाँ वर्ष प्रारम्भको अवसरमा हिमाल, पहाड र तराई मधेशमा तथा देशबाहिर रहेका समस्त नेपालीहरूमा सुख, शान्ति, सन्तुष्टि तथा प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
शुभकामना सन्देशमा उनले मति, मत, मान्यता र नीतिको भद्रता तोड्दा मुलुकमा जटिलता निम्तिएको टिप्पणी गर्दै राजनीतिक दलहरूले अभद्रतापूर्वक सहमति तोडेको उल्लेख गरेका छन् ।
हेर्नुहोस् शुभकामना सन्देश–
















प्रतिक्रिया