५ कार्तिक २०८३, बिहिबार

पश्चिम बस ब्यवसायी संघमा दुर्घटना न्युनिकरणको नयाँ प्रयास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus– बिन्दु थापा

बुटवल ९ जेठ । पश्चिम नेपाल बस ब्यवसायी संघले दुर्घटना न्युनिकरण र मजदुरहरुको आचरणमा परिवर्तन ल्याउन तालिमको आयोजना गरेको छ ।

चालक, परिचालक तथा सहचालकको लापरबाहीबाट हुने दुर्घटना तथा यात्राका क्रममा सवारी साधनका मजदुरसंग सबै भन्दा बढी असमजदारी र बिवाद हुने गरेको क्षेत्रको पहिचान गरी यस्तो तालिम सञ्चालन गरीएको हो ।

यात्राका क्रममा सवारी साधनका मजदुरसँग सबै भन्दा बढी बिवाद हुने गरेको र त्यसलाई न्युनिकरण गर्न यस क्षेत्रको पहिचान गरी त्यस्ता क्षेत्रबाट प्रशिक्षण दिँदा यात्राका क्रममा हुने असमझदारी कम हुने बिश्वास लिएको संघका अध्यक्ष दधिराम खरेलले बताउनुभयो ।

संघले शुक्रवारबाट यात्राका क्रममा सवै भन्दा समस्यामा पर्ने गरेका अपांगता भएकाहरु संगको व्यवहारमा परिवर्तन ल्याउन अपांगता भएकाहरु बाटै प्रशिक्षण सञ्चालन गरेको छ । सो अवसरमा प्रशिक्षण दिदै अपांग पुनस्र्थापना केन्द्र रुपन्देहीका अध्यक्ष कल्पना ढकालले अपांगता भएका ब्यक्तिहरु यात्राका क्रममा अपमानित र अपहेलीत हुनु परेको स्मरण गराउदै अपांगता भएकाहरुलाई सम्मानका साथ यात्रा गर्ने वातावरण गराउनु चालक तथा परिचालकको दायित्व भएको उल्लेख गर्नुभयो । त्यस्तै अपांगता त्यसमा पनि महिलाहरु अझै अपहेलित हुनुपरेको भन्दै त्यस्ता कार्यहरु रोकिनुपर्ने बताउनुभयो ।

सो अवसरमा सहजीकरण गर्दै पश्चिम क्षेत्रिय टाफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक ज्ञानु पाण्डेले चालकहरुको नियम उल्लंघन गर्ने प्रवृतिका कारण सर्वसाधारणको ज्यान जाने गरेको उल्लेख गर्दै सडकको प्रयोग गर्दा ट्राफिक नियमको पुर्ण पालना गर्न आग्रह गर्नुभयो । तोकेको ठाउका सवारी रोक्ने, समयको ख्याल गर्ने तथा सवारी चलाउदा फोनको प्रयोग नगरे धेरै दुर्घटनाबाट बच्न सकिने भन्दै त्यस्ता कामहरु रोक्न आग्रह गर्नुभयो ।

सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले अर्काको कमजोरी र एउटा चालकको लार्पवाहीका कारण यातायात क्षेत्रनै धमिलो हुने गरेको उल्लेख गर्दै हरेक चालकले आफ्नो तर्फबाट गल्ती नगर्ने प्रतिबद्धता सहित सवारी चलाउनु पर्ने बताउनु भयो । उहाँले दुर्घटना न्युनिकरणमा चालकको पहिलो र महत्वपुर्ण भुमिका रहने तथ्य प्रस्तुत गर्दै चालक सावधान रहे मात्र दुर्घटना न्युनिकरण हुने बताउनुभयो ।

त्यस्तै, बढदे दुर्घटना न्युनिकरणमा महत्वपुर्ण भुमिका हुने चालक तथा परिचालकहरुलाई दिइने तालिमले सर्वसाधारण यात्रु दुर्घटनाको जोखिमवाट टाढा रहने अपेक्षा पश्चिम नेपाल बस ब्यवसायी संघको रहेको संघका सचिव एवं दुर्घटना न्युनिकरण तथा आन्तरीक सवारी व्यवस्थापन एवं अनुगमन समितीका संयोजक रामचन्द्र भुसालले बताउनुभयो ।

संघका अध्यक्ष दधिराम खरेलले समय समयमा आउने गरेका यात्रुहरुका गुनासालाई सम्बोधन गर्न र यात्राका क्रममा हुने असमझदारी र बिवादको अन्त्यका लागी समाजका अगुवा तथा बिषयगत बिज्ञहरुको सहभागीतमा प्रशिक्षण दिने योजनामा रहेको बताउनुभयो । खरेलले संघले आगामी दिनमा बिद्यार्थी नेताहरु, महिला संघ संगठनका अगुवाहरु र अन्य क्षेत्र संग सम्वन्धीत अगुवाहरुको सहजीकरणमा यातायात क्षेत्रमा उनिहरुले भोग्नु परेका समस्याहरु समाधानको उपाय खोजिने बताउनुभयो ।

संघका महासचिव जिवन कुमार बन्जाडेले सडकमा हुने सानो कमजोरीले सिंगो यातायात क्षेत्र समस्यामा पर्ने गरेको उल्लेख गर्दै संघले बिगत देखि नै सडकमा हुने लापरवाही र कमी कमजोरी हटाउन सक्रियताका साथ लागी परेको बताउनुभयो ।

संघद्धारा ०६६ सालबाट सुरु गरिएको प्रशिक्षणमा हाल सम्म संघ मातहत कार्यरत १० हजार भन्दा बढीले प्रशिक्षण लिएका छन् भने शुक्रवार मात्र ३ सय ८ जना चालक, सहचालक तथा परिचालकहरुको सहभागिता रहेको थियो ।