काठमाडौँ, १९ जेठ ।
स्वास्थ्यका लागि हानिकारक भएको सन्देश तीनका प्याकेट वा खोलमा तस्बिरसहित सन्देश छाप्नुपर्ने प्रावधानको पालना हुन सकेको छैन ।
चुरोट सुर्तीको सेवनले फोक्सोमा गम्ीभर असर पार्ने र क्यान्सर जस्ता घातक रोगसमेत लाग्नसक्ने भएकाले सम्बन्धित बट्टामा मानिसको स्वास्थ्यमा पार्ने असर अङ्कित तस्बिर राख्नुपर्ने प्रावधान भए पनि अझै त्यसको पालन हुन सकेको छैन ।
एक्सन एड नेपालद्वारा आज राजधानीमा आयोजित कार्यक्रममा सो संस्थाका अध्यक्ष आनन्दबहादुर चन्दले अदालतले गत वैशाख १ गतेबाट यो नियम पालना गर्न आदेश दिए पनि नेपाली उत्पादनका बजारमा पाइने १७ चुरोटमध्ये तीनवटामा मात्र चित्रसहितको सन्देश पाइएको बताउनुभयो ।
सुर्र्ती, गुट्खा, पानपरागमा उत्पादन मिति र सन्देशमूलक चित्र पनि नभएको बताउँदै उहाँले साक्षरता कम भएको देशमा जनचेतना फैलाउने यस्ता सन्देशमूलक चित्र निकै प्रभावकारी हुने उल्लेख गर्नुभयो ।
उक्त नियम कार्यान्वयनका लागि संस्थाले गृह, स्वास्थ्य, अर्थ र उद्योग मन्त्रालयको ध्यानाकर्षण गराउने र अझै कार्यान्वयन नभएमा अदालतको मानहानीविरुद्व अदालत जाने अध्यक्ष चन्दले बताउनुभयो ।
चुरोट र सूर्तिजन्य पदार्थ स्वास्थ्यको लागि हानिकार छ भन्ने तस्विर सहितको सन्देश तीनको बट्टा वा खोलमा ७५ प्रतिशत ढाक्ने गरी राख्नुपर्छ ।













प्रतिक्रिया