५ कार्तिक २०८३, बिहिबार

भूकम्पमा परी १६ सुरक्षाकर्मीको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeकाठमाडौं, ९ जेठ । नेपालमा आएका शक्तिशाली भूकम्पमा परी १६ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् ।

भूकम्पपछि खोज उद्दार तथा राहतमा खटिएका सुरक्षाकर्मीले विभिन्न समयमा विभिन्न ठाउँमा ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयको तथ्याङ्क अनुसार भूकम्पमा परी नेपाल प्रहरीका ६ जना, नेपाली सेनाका ९ जना र सशस्त्र प्रहरीका १ जना गरी १६ जना सुरक्षाकर्मीको कर्तव्य पालनका सिलसिलामा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा नेपाली सेनाका माथिल्लो तहका अधिकारी पनि परेका छन् । यस्तै, केही सुरक्षाकर्मी भूकम्पमा परी घाइते भएका छन् । नेपाल प्रहरीका १८३, नेपाली सेना ६ जना, सशस्त्र प्रहरी ३२ जना अझै घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेका छन् ।

यस्तै, भूकम्पबाट ११ जना निजामती कर्मचारीको पनि मृत्यु भएको छ । तथ्याङ्क अनुसार ७९ जना विदेशी नागरिकले पनि ज्यान गुमाएका छन् ।

सुरक्षाकर्मीले ज्यान गुमाएपनि भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यमा जनताको सेवाका लागि देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन् ।