
नवलपुर, २८ चैत । नेकपा माओवादीसम्बद्ध युवाहरूको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) छोडेर नवलपुरका दुई जना युवा नेकपा एमालेमा प्रवेश गरेकाम छन् ।
एमाले प्रवेश गर्नेमा वाईसीएल जिल्ला सचिवालय सदस्य चिरञ्जीवी पाण्डे र वाईसीएल देवचुली नगर सदस्य शंकर काफ्ले छन् । उनीहरूलाई नेकपा एमालेका उपमहासचिव एवम् गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित नेताहरूले पार्टीमा स्वागत गरे ।
एमालेको मिसन ग्रासरुट अभियानअन्तर्गत आज देवचुली नगरपालिका कमिटीद्वरा आज आयोजित नगरस्तरीय कार्यकर्ता भेलामार्फत उनीहरू माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् ।















प्रतिक्रिया