३० आश्विन २०८३, शुक्रबार

बलात्कार आरोपमा कपिलवस्तुका न्यायाधीश भुवन गिरी काठमाडौंबाट पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । बलात्कारको आरोपमा न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

वैवाहिक बलात्कार आरोप लागेका उनलाई काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पत्नी आरती गिरी रावलले उनीविरुद्ध दिएको वैवाहिक बलात्कार आरोपको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

न्यायाधीश गिरी जिल्ला अदालत कपिलवस्तुमा कार्यरत थिए ।