
काठमाडौं, २४ चैत । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै आज चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।













प्रतिक्रिया