५ कार्तिक २०८३, बिहिबार

हातमा हथौडी र गल बोकेर प्रचण्ड निस्केपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nf} ca ;'? eof] M PsLs[t g]skf-dfcf]jfbL_sf cWoIf k'iksdn bfxfn l;Gw'kfNrf]ssf] ;fFufrf]sdf /x]sf] e"sDkaf6 Ifltu|:t hghfu[tL dfljsf] c:yfoL 6x/f lgdf{0fsf nflu unn] vfN8f] vGb} . tl:a/M /d]z nD;fn?/f;;सिन्धुपाल्चोक, ८ जेठ । भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्ने उद्देश्यका साथ एकीकृत नेकपा९माओवादी०ले आजदेखि राष्ट्रिय श्रम अभियान सुरु गरेको छ ।

यहाँस्थित नवजागृति उच्चमाध्यामिक विद्यालयमा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पुनःनिर्माण अभियान सुरु गर्नुभएको हो । टाउकामा हेल्मेट र हातमा गल बोकेर एमाओवादी अध्यक्ष दाहाल विद्यालयको अस्थायी भवन निर्माणका लागि सो विद्यालयको खेल मैदानमा उत्रेपछि स्थानीय नेता तथा कार्यकर्ताले उत्साहित हुँदै उहाँलाई साथ दिए ।

सोही जिल्ला क्षेत्र नं २ बाट संविधानसभा सदस्यमा निर्वाचित हुनुभएका अग्निप्रसाद सापकोटा माटो झिक्ने अध्यक्ष दाहालले खन्न सुरु गरेपछि झापा मोरङलगायत जिल्लाबाट एकीकृत भएका नेता तथा कार्यकर्ता पनि बाँस र जस्तापाताबाट तयार हुने अस्थायी टहरो निर्माणमा तत्काल जुटिहाले ।

टाउकामा हेल्मेट र हातमा हथौडी बोकेका एक हजार दुईसय एमाओवादीका नेता तथा कार्यकर्ताले गत वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पारेको नवजागृति उच्चमाध्यामिक विद्यालयमा अध्ययनरत एक हजार तीन सय विद्यार्थीका लागि अस्थायी विद्यालय निर्माण गर्नेछन् ।

भूकम्पले धेरै प्रभाव पारेको सिन्धुपाल्चोकमा अध्यक्ष दाहाल , गोरखामा वरिष्ठ नेता डा बाबुराम भट्टराई, दोलखामा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रिय श्रम अभियानको नेतृत्व गर्नुहुनेछ । यस्तै अन्य जिल्लामा पनि एमाओवादीले केन्द्रीय नेतालाई सो अभियानमा परिचालन गरेको छ ।

अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले मुलुकमा परेको विपत्तिको नेपाली आफैले सामना गर्नुपर्ने र विदेशी राष्ट्रको सहयोग आवश्यकताका आधारमा मात्रै लिनुपर्ने बताउनुभयो । सरकारले भूकम्पपीडितलाई सहायता सामग्री वितरणमा कन्जुस्याईं गर्न नहुनेमा जोड दिँदै उहाँले मुट्टी खोलेर लगानी गर्नुपर्ने बताउनुभयो ।

आफूले तीन वर्ष पहिले अगाडि सारेको नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारी गर्ने उपयुक्त समय आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “भारत र चीन जस्ता आर्थिक रुपमा सबल मुलुकले मिलेर नेपालको पुनः निर्माणमा सहयोग गर्ने उपयुक्त समय आएको छ । त्यसका लागि नेपाल सरकार र यहाँका प्रमुख राजनीतिक दलले वातावरण तयार पार्नुपर्छ ।”

भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि रु दुई खर्ब आवश्यक रहेको भन्दै अध्यक्ष दाहालले जनतालाई रु पाँच लाख राहत दिनुपर्ने र उद्योगी व्यावासयीको पनि गुनासो सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

रु तीन लाख लागतका घर बनाउन सरकारले भूकम्पपीडित जनतालाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष दाहालले सरकार र राजनीतिक दल एकीकृत भएर लाग्ने हो भने आर्थिक स्रोतको समस्या नपर्ने बताउनुभयो ।

एमाओवादीका सचिव वर्षमान पुनले युवा, विद्यार्थी, मजदुर सबैलाई एकीकृत रुपमा पुनः निर्माण अभियानमा परिचालन गरिने भएकाले आफूहरुको अभियान अन्य दलको भन्दा विशिष्ट हुने जानकारी दिनुभयो ।

उक्त विद्यालयका प्राचार्य पदमप्रसाद पराजुलीले क्षतिग्रस्त विद्यालय भवन निर्माणका लागि एमाओवादीले सुरु गरेको अभियानबाट अन्य दलले पनि सिक्नुपर्ने सुझाव दिनुभयो ।

एमाओवादीका नेता सापकोटाकाअनुसार विभिन्न जिल्लाबाट एकत्रित भएका एमाओवादीका नेता तथा कार्यकर्ताले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्नेछन् ।
शनिबारदेखि एक हजार पाँच सय जनशक्ति पुनः निर्माणका केन्द्रित हुने र १५ दिनसम्म त्यो जारी रहने छ । अभियानमा स्थानीय नेता तथा कायर्कर्ताले संयोजन गर्नेछन् । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा अभियान सञ्चालन गरिनेछ । रासस